ट्रकमा लोड भएको सिलिन्डरबाट एक्कासि ग्यास लिक भएपछि

काठमाडौंबाट नुवाकोटको त्रिशूली जाँदै गरेको ट्रकमा रहेको ग्यास सिलिन्डर लिक भएको छ ।काठमाडौंबाट त्रिशूलीको धोबीघाट जाँदै गरेको बा२ख ४६७३ नम्बरको ट्रकमा लोड गरिएको एमानिया ग्यास सिलिन्डर त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका–८ बाहुनडाँडामा पुग्दा एक्कासि लिक भएर धुवाँ निस्किएको थियो ।कोल्ड स्टोरमा प्रयोग गरिने एमोनिया ग्यास लिक भएर धुवाँ आइरहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले दमकलको प्रयोग गरी थप क्षति हुन नदिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ट्रकमा रहेका १७ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरको ग्यास लिक भएको पाइएको छ ।ग्यास निभाउन केही समय राजमार्ग अवरुद्ध गरिएको थियो ।ग्यास निभाउने काम सकिए सँगै ग्यास सिलिन्डर बोकेको ट्रक गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *