जेसिबीले पल्टाएको ढुंगाले लाग्दा गुल्मीमा आठ वर्षीय बालिकाको मृत्यु

गुल्मीको इस्मा गाउँपालिका– २ टारमा जेसिबीले पल्टाएको ढुंगाले लागेर स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ। छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा श्रेष्ठ कन्स्ट्रक्सनको जेसिभीले पल्टाएको ढुंगाले लागेर आठ वर्षीया बालिका विष्णु कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।जेसिबीचालक मकवानपुर इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालिका पालुखा माविमा अध्ययन गर्दै आएकी छिन् ।स्कुल समयमा पनि जेसिबी चलेको र घाइते छोरीको समयमै उद्धार नभएको भन्दै बुबा ज्ञानबहादुर कुमालले आक्रोश पोखे । बालिकाको शव गुल्मी अस्पतालमा राखिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *