स्यानिटरी प्याडमा दिइने भन्सार छुट स्वार्थ प्रेरित थियो कि भन्ने शंका छ : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाइनुपर्ने माग गरेकी छन् ।आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाउँदा नेपालमा उत्पादन हुने स्यानिटरी प्याडले विदेशी प्रोडक्टसँग प्रतिस्पर्धा गर्न सकिने बताइन् ।

नेपालमा धेरै मुलुकबाट स्यानिटरी प्याड आयात हुने गरेको भन्दै उनले नेपालमा क्षमताको एक तिहाइ मात्रै प्याड उत्पादन हुने गरेको बताइन् ।नेपालमा वार्षिक ९० करोड थान स्यानिटरी प्याडको आवश्यक हुने भए पनि कच्चा पदार्थको आयातमा बढी कर लगाइँदा ३० करोड थान मात्रै उत्पादन हुने गरेको उनको भनाइ छ ।सांसद कार्कीले आयातित प्याडमा दिइने भन्सार छुट लक्षित उपभोक्ताले उपभोग गर्न नपाएको बताइन् ।उनले भनिन्, ‘आयातित प्याडमा दिइएको भन्सार छुट लक्षित उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । बिचौलियाको खल्तीमा पुगेको छ र, यसको नियमन नहुनुले छुट नै स्वार्थ प्रेरित थियो भन्ने शंका उब्जिएको छ ।

’सातै वटा प्रदेशमा सरकारी विद्यालयमा वितरण भइरहेको निःशुल्क स्यानिटरी प्याडको उपलब्धता र सुनिश्चितताको लागि अनुगमन आवश्यक रहेको बताइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *