मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा मेरिटोक्रेसीको कुरा बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने गरिएको टिप्पणी गरेका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।मेरिटोक्रेसी आलंकारिक भाषणको विषय नभएको भन्दै उनले विश्वविद्यालयको व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेको बताए ।‘मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन, शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्लविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ?,’ प्रधानमन्त्री ओलीले भने, ‘बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको थियो, आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाहरूले भोगिरहेका छन् । हामी त्यस्ता संस्थाहरूमा व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेका छौं ।’


Facebook Comment