बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिस्टमा

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा परेका छन्।अध्यक्ष छनोट समितिले आवेदन दिएका १२ जनामध्ये कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी र शरद ओझालाई अन्तर्वार्तामा बोलाएको छ।अन्तर्वार्तामा फागुन १० गतेको बोलाएको छ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई नागरिकता सम्बन्धी कसुर लागेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ। कार्यकाल सकिन करिब १ महिना बाँकी हुँदा सिलवाललाई यस्तो कसुर लागेको थियो।सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर आवेदन खुलाएको थियो। छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन्।आवेदकहरूको कार्य योजना सहितको प्रस्तुती पछि अर्थ मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ।

मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई अध्यक्षमा चयन गर्नेछ। अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *