अमेरिका र रुसबिच हुन लागेको वार्तामा युक्रेनलाई सहभागी नगराइने

रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि अमेरिका र रुसबिच हुन लागेको वार्तामा युक्रेनलाई सहभागी नगराइने भएको छ । अमेरिका र रुसले गर्न लागेको वार्तामा युक्रेनलाई बोलाइएको छैन । यसअघि नै युक्रेनमा लागि अमेरिकी दूत केइथ केलोगले युक्रेनलाई सहभागी गराइने बताए पनि साउदी अरेबियामा हुने वार्तामा युक्रेनी प्रतिनिधित्व नरहने बिबिसीले जनाएको छ।सो वार्तामा युरोपेली नेतालाई पनि बोलाइएको छैन।अमेरिकाले रुस र युक्रेन युद्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेपछि विभिन्न चरणमा वार्ता हुन लागेको हो । अमेरिकाका मध्यपूर्व दूत स्टिभ विटकोफ वार्ताका लागि साउदी अरेबिया गएका छन्। रुसी प्रतिनिधिमण्डलसँगको वार्ताका लागि अमेरिकी विदेशमन्त्री मार्क रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज सहभागी हुनेछन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने आफ्नो अनुपस्थितिमा भएको वार्ताका निर्णय मान्न बाध्य नभएको बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *