अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने

पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुँदै छन् । मेयर आचार्य भने केही दिन अस्पतालमै रहने छन् ।मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले बताए ।मेयर आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने छ ।

अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार अस्पतालले डिस्चार्जको निर्णय गरिसकेको जानकारी दिएको छ तर घर फर्किने समय भने निश्चित छैन ।शनिबार पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनका झुप्पा आगोको झिल्कोमा परी विष्फोट हुँदा प्रमुख अतिथि पौडेल र मेयर आचार्य घाइते भएका थिए ।उनीहरुलाई सोही दिन नै हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याई भर्ना गरिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *