ओडिशाको केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत फेला
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् । आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा उनी मृत भेटिएकी हुन् । मृतक छात्रा नेपालली बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुव्र्यवाहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।
सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवाहार गरेको अडियो समेत पोष्ट गरेका छन् ।गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुव्र्यवाहार भएको रिपोर्ट गरेकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको स्रोतको दाबी छ । घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थी सडकमा उत्रिएका थिए । उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए । विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृति ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।काठमाडौं । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् ।
आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा उनी मृत भेटिएकी हुन् । मृतक छात्रा नेपालली बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुव्र्यवाहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवाहार गरेको अडियो समेत पोष्ट गरेका छन् ।गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुव्र्यवाहार भएको रिपोर्ट गरेकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको स्रोतको दाबी छ ।
घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थी सडकमा उत्रिएका थिए । उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए । विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृति ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । स्रोतका अनुसार शवलाई अहिले पोस्टमार्टमको लागि क्यापिटल अस्पताल लगिएको छ । सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिस्ट्रार ज्ञान रञ्जन मोहन्तीले प्रकृति सम्बन्धमा रहेको जानकारी दिइन् । उनी होस्टेलमा बस्दै आएकी उनी आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण उक्त कदम चालेको उनले बताइन् । प्रकृतिको परिवारका सदस्यलाई घटनाबारे जानकारी दिइएको उनले बताएकी छन् ।“विश्वविद्यालयमा सोही वर्षमा अध्ययनरत अभियुक्त युवकलाई प्रहरीले पक्राउ गरेको छ,” उनले भनिन् । (संवादबाट)
Facebook Comment