रास्वपाले बोलायो सचिवालय बैठक
सोमबार अपराह्न ४ बजे बस्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाइएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए का छन् । उनकाअनुसार बैठक भर्चुअल हुनेछ । बैठकमा समसामयिक परिस्थितिमा छलफल हुने उनले बताए । रास्वपाका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको थियो। सभापति लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता भएपछि पहिलो पटक रास्वपाको सचिवालय बस्न लागेको हो । ’त्यसलगायत अन्य समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो,’ उनले भने।
Facebook Comment