कालीमाटीमा एक व्यक्ति मृत भेटिए, हत्याको आशंकामा अनुसन्धान

कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् ।मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको समेत एसएसपी अधिकारीले बताए । ‘संकास्पद अवस्थामा शव फेला परेको छ । हामीले सोधपुछ गर्दैछौं’ एसएसपी अधिकारीले अनलाइखबरसँग भने ।मृत फेला परेका व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *