टायर बालेर, सडक बन्द गरेर सत्तारूढ जनमत पार्टीले गर्याे प्रदर्शन
सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा टायर बालेर प्रदर्शन गर्दै सडक बन्द गरेको छ।जनमत कन्चनरूप सप्तरीका कार्यकर्ताहरूले सोमबार एक घन्टा सडक बन्द गरेर लाठीसहित प्रदर्शन गरेका हुन्।टायर बालेर सडकमा प्रदर्शन गरेको भिडिओ सिके राउतले सामाजिक सञ्जाल फेसबुक लगायतमा सार्वजनिक पनि गरेका छन्।जनकपुर बोल्टसका समर्थकहरूमाथि केही अराजक व्यक्ति र समूहले अपमानजनक तथा विभेदकारी व्यवहार गरेको भन्दै जनमत पार्टीले सडक बन्द गरेर प्रदर्शन गरेको हो। मधेस सरकार जनमत पार्टीको नेतृत्वमा छ।
Facebook Comment