सरकारी कर्मचारीलाई मस्क डिपार्टमेन्टको इमेल- कामको विवरण पठाउनुस् वा राजीनामा दिनुस्

एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले त्यहाँका सरकारी कर्मचारीहरूलाई गत हप्ताको कामको विवरण पठाउन भनेका छन्।त्यो इमेलमा गत हप्ता गरेका कामहरूको विवरण पठाउन वा राजीनामा दिन भनिएको छ।गत हप्ता एक्समा एउटा पोस्ट गर्दै भनेका थिए ‘कर्मचारीहरूले चाँडै नै एउटा इमेल प्राप्त गर्नेछन्, जसको उद्देश्य गत हप्तामा उनीहरूले कुन–कुन कामहरू पूरा गरेका छन् भनेर जान्नका लागि हो।

’मस्कले सोही पोस्टमा लेखेका थिए, ‘यदि तपाईंले यो इमेलको जवाफ दिन असफल हुनुभयो भने, यसलाई तपाईंको राजीनामा मानिनेछ।’एलोन मस्क अमेरिकामा सरकारी दक्षता विभागको नेतृत्व गरिरहेका छन्। यस विभागको उद्देश्य अमेरिकी सरकारको खर्च घटाउनु हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सलाई सम्बोधन गरेपछि कर्मचारीहरूले यो इमेल प्राप्त गरेका हुन्।यस इमेलको विषयमा लेखिएको थियो– ‘तपाईंले गत हप्ता के गर्नुभयो?’




Leave a Reply

Your email address will not be published. Required fields are marked *