कैलालीमा ३१ लाखका चोरीका सवारीसाधन बरामद

कैलाली प्रहरीले झन्डै ३१ लाख मूल्य पर्ने चोरीका सवारीसाधन बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकासहितका स्थानबाट अवैध रुपमा चलाइएका चोरीका सवारीसाधन बरामद गरेको जनाएको छ ।बरामद गरिएका मध्ये एउटा स्कारपियो र ९ वटा मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

उनकाअनुसार करिब २० लाख मूल्य पर्ने बा. प्र. ०१–०३१ च २७२६ नम्बर प्लेट टासेको अवस्थामा धनगढी उप–महानगरपालिका–७ बाट स्कारपियो बरामद गरिएको थियो ।तर, यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा बुझ्दा उक्त नम्बरको गाडीको इन्जिन नम्बर र च्यासिस नम्बर मेल नखाएकाले स्कारपियोलाई भन्सार ऐन नियम बमोजिम आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको एसपी विष्टले बताए ।यस्तै, धनगढी उपमहानगरपालिका–९ बाट अन्दाजी १० लाख ८० हजार बराबरका मोटरसाइकल पनि बरामद गरिएको छ । बरामद गरिएका मोटरसाइकलमा युपी १४ एफडब्लु ३५८१ भारतीय नम्बरको र अन्य नेपाली नम्बर प्लेटका मोटरसाइकल रहेका छन् ।

प्रहरीकाअनुसार बा ९० प २३४०, बा ९७ प ५०४६, से.६ प ९३२७, सु.प.प्र.०१–०११ प १६८७, से.१ प ७४११, से.२ प ३७३३, बा.प्र. ०२–०२० प ७९४ र सु.प.प्र. ०१–०१० प ८५६६ नम्बर टासेका मोटरसाइकल बरामद गरिएको हो ।ती मोटरसाइकलबारे यातायात व्यवस्था कार्यालयमा बुझ्दा इन्जिन नम्बर र च्यासिस नम्बरहरु मेल नखाएपछि आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *