ओलीलक्षित प्रचण्डको टिप्पणी- हिजो क्रान्तिको प्रतीक झापा अहिले प्रतिक्रान्तिको बन्ने खतरा देखिँदैछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो क्रान्तिको प्रतीक रहेको झापा अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतरा देखिएको टिप्पणी गरेका छन् ।जनतासँग माओवादी तराई मधेस जागरण अभियानको शुभारम्भ गर्न झापा पुगेका प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘झापा हिजो एउटा विद्रोहको प्रतिकका रूपमा चिनिन्थ्यो। त्यति बेला क्रान्तिकारी धारकै नेतृत्व तपाईँहरूले गर्नुभएको थियो। तर, अहिले नेतृत्व पुँजीवादी धारतिर गइसकेको छ। क्रान्तिको धार छोडिसकेको छ ।

उनले आज प्रतिक्रान्तिको खतराबाट जोगाउन अपिल गरे । उनले थपे, ‘फेरि नयाँ समाजवादी क्रान्तिका निम्ति नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ । फेरी नयाँ एकता गर्नुपर्ने आवश्यकता छ ।’प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र वेदनिधि निरौलालाई सम्मान पनि गरे।यस्तै, प्रचण्ड लगायत नेताहरूले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झन्डा फहराए। पर्यटकीय स्थानका रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका लागि अपिल गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *