प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान आजदेखि

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान आजदेखि सुरू हुँदैछ । झापाको कचनकबलबाट आजदेखि सुरु जागरण अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिनेछ ।अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

अभियानमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन् । सम्बन्धित प्रदेश, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि अभियानमा सहभागी हुने माओवादीले जनाएको छ ।अभियानमार्फत माओवादीले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्देश्य राखेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *