परिवारले दियो अर्का इन्स्पेक्टर विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।महतको परिवारले कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याामबाबु ओलियाले जाहेरी आएको पुष्टि गरे ।

अब दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान गर्ने तयारी प्रहरीको छ ।महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टर विरुद्ध किटानी जाहेरी दिएका छन् । ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।यसैगरी यता घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले छानबिन समिति गठन गरेको छ । राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले डीआईजी सिंह नेतृत्वको ५ सदस्यीय छानबिन समिति गठन गरिएको अनलाइनखबरलाई जानकारी दिए ।इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन् ।

इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको दाबी परिवारको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *