१२ वर्षीया बालिका बलात्कृत भएको विषयमा संसद्मा उठ्यो प्रश्न
अछाममा एक १२ वर्षीया बालिका बलात्कृत भएको विषय संसद्मा उठेको छ । आफन्तबाटै बालिका बलात्कृत भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले डर धाक देखाएर नाता पर्नेबाटै बलात्कृत हुने विषयमा सरकार मौन रहेको गुनासो गरिन् ।बालिकाहरू नातागोताबाटै बलात्कृत हुने विषय कहिले रोकिन्छ भन्ने प्रश्न उनले गरिन् । ती बालिका २८ हप्ताको गर्भवती समेत रहेको उनले बताइन् ।‘यस्तो घटनातर्फ सरकारले कहिले ध्यान दिन्छ ?,’ उनको प्रश्न छ ।यस्ता घटना रोक्न प्रहरी तदारुकताका साथ लाग्नुपर्नेमा त्यसो भएको अनुभूत गर्न नसकिएको उनले बताइन् ।
Facebook Comment