नेकपा एसले भन्यो- हाम्रो पार्टी कहिल्यै पनि एमसीसीको पक्षमा थिएन
नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको बताएको छ ।सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले यस्तो बताएका हुन् ।‘एकीकृत समाजवादीका लागि एमसीसी कहिलयै ठिक रहेन । हामीले कसरी मात्रै ठिक रहन्छ भन्नेमात्रै प्रश्न भनेका हौं । व्याख्यात्मक टिप्पणीमा पनि केही समस्या हुनसक्छन् । हामीले स्वीकार गर्छौं,’ उनले भने ।एमसीसी संसद्बाट पारित भएकाले यसको अनुगमन पनि संसदीय रुपमै हुुनपर्ने कुरा आफ्नो पार्टीले सुरुदेखि नै भनिरहेको भूसालले बताए ।‘एमसीसी संविधानसँग बाझ्ने कुरामा, हाम्रो सबैभन्दा ठूलो कुरा छ । तयसको लेखापरीक्षण लगायतका तमाम कुरामा हाम्रो रिजर्भेसन रहेको हो,’ भूसालले भने, ‘नेकपा एकीकृत समाजवादी संस्थागथ रुपमा एमसीसीको पक्षमा रहेन भन्ने कुरा हामी जानकारी गराउँछौं । यो संसद्बाट पारित भएकाले अनुगमन पनि संसदीय हुनुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं ।’
Facebook Comment