विद्यार्थीलाई प्रधानमन्त्रीको अनुरोध- छात्रवृत्तिका लागि छिटो आवेदन दिनू
प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि आवेदन दिन विद्यार्थीलाई आग्रह गरेका छन् ।शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका भन्दै प्रधानमन्त्री ओलीले आवेदन दिन विद्यार्थीलाई अनुरोध गरेका हुन् ।
अन्डर ग्राजुएट एमबीबीएस १ जना, पोस्ट ग्राजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिटमा खाली रहेको छ ।‘खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।


Facebook Comment