प्रधानमन्त्रीको विरोध गर्ने आशंकामा चार जना पक्राउ
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा सम्बोधन गर्न प्रधानमन्त्री ओली पुगेका छन् ।सोही कार्यक्रममा विरोध गर्ने भन्दै केही युवाहरूले सामाजिक सञ्जालमार्फत सूचना लेखेका थिए ।
सो सूचना पाएपछि अहिले चार जनालाई ‘होल्ड’ मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले अनलाइनखबरलाई जानकारी दिए ।‘अहिले हामीले चार जनालाई होल्डमा राखेका छौं,’ उनले भने ।प्रहरी नियन्त्रणमा रहेनमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् । प्रधानमन्त्री ओलीले मेडिकल कलेजमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन् ।
Facebook Comment