तीन प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ।तराईका केही भागमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ।कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *