पशुपति जाँदै हुनुहुन्छ ?यी रुटमा चल्दैनन् गाडी,पार्किङस्थल थाहा पाइराख्नुस्

आज महाशिवरात्रिको दिन पशुपति दर्शनका लागि जाँदै जानुहुन्छ वा अन्य कुनै कामले त्यो बाटो हुँदै यात्रा गर्नुपर्ने छ भने सवारी रुटबारे थाहा हुनु जरुरी छ ।साथै कहाँ सवारी साधन पार्किङ गर्ने भनेर पनि जानकारी राख्नु आवश्यक छ । किनभने अघिल्ला दिनजस्तो आज पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैन ।

काठमाडौंको पशुपतिनाथ क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ भने पार्किङ गर्ने ठाउँ पनि तोकिदिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेका अनुसार सिनामंगलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिएको छ ।यसैगरी पुरानो बानेश्वर, भीमसेनगोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ ।धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *