श्रीमती सुनिताको पडकास्ट भाइरल भएपछि गोविन्दाको वैवाहिक सम्बन्ध सङ्कटमा !

बलिउड सुपरस्टार गोविन्दाको श्रीमती सुनिता आहुजाले एक पडकास्टमा बोलेको विषयसँगै अहिले दुवैबीच सम्बन्धविच्छेदको हल्ला निकै फैलिएको छ।भारतीय सञ्चारमाध्यमहरूमा उनीहरूको वैवाहिक जीवन सङ्कटमा रहेको खबर प्रकाशित भइरहेका छन्। तर, गोविन्दाले यी सबै दाबीहरू अस्वीकार गर्दै आफू व्यावसायिक रूपमा व्यस्त रहेको बताएका छन्।उनले यो हल्ला निराधार रहेको र आफू अहिले फिल्म निर्माणको तयारीमा रहेको भन्दै अहिले आफ्नो प्राथमिकता त्यही रहेको बताएका छन्।उनका म्यानेजरले पनि परिवारभित्रका केही व्यक्तिका टिप्पणीका कारण भ्रम फैलिएको दाबी गरेका छन्। परिवारभित्रका सदस्य को हुन् त्यो भने उनले खुलाएनन्।

सुनिता आहुजाको बयान भाइरल

केही दिन अगाडि एक पडकास्टमा गोविन्दाको श्रीमती सुनिता आहुजाले विवाह बाहिरको सम्बन्धबारे बोलेकी थिइन्। एक सुपरस्टारकी श्रीमतीका रूपमा विवाह बाहिरको सम्बन्धबारे डर लाग्छ कि लाग्दैन भनेर सोधिएको प्रश्नमा उनले आफ्नो श्रीमान् वा प्रेमीले बाहिर सम्बन्ध राख्दैनन् भनेर ढुक्न हुन हुँदैन भन्दै भनिन् ’ जब श्रीमान् अर्को सम्बन्धमा जान्छन् त्यस्तो बेलामा बरु श्रीमान् छाड्न सहज हुन्छ, अर्की युवतीले सहजै छाड्दिनन्।’उनले त्यही पडकास्टमा आफूहरू अहिले गोविन्दा र आफू अलग–अलग बस्ने गरेको समेत बताइन्। यी दुवै बयानका आधारमा गोविन्दा विवाहेत्तर सम्बन्धमा रहेकाले उनीहरू अलग अलग बस्ने गरेको दाबी सहितका समाचार फैलिए।सुनिताले आफू र बच्चाहरू एक अपार्टमेन्टमा बस्ने गरेको र गोविन्दा भने नजिकैको अर्को बङ्गलामा बस्ने गरेको भन्दै भनेकी थिइन् ‘हामीलाई कोही अलग गर्न सक्दैन। केही व्यक्तिहरू अरूको घर बिगार्न चाहन्छन्, तर म मेरो परिवारलाई सुरक्षित राख्न लड्नेछु।’सम्बन्धविच्छेदबारे सुनिताले भने केही प्रतिक्रिया दिएकी छैनन्।

सुनिताको नेपाल सम्बन्ध

भारतीय मिडियामा अन्तर्वार्ताकोक्रममा प्राय सुनिताले नेपाल अनि पशुपतिनाथको मन्दिरबारे बोलिरहन्छिन्। यसको कारण हो उनको आमाको नेपाल सम्बन्ध। उनले विभिन्न समयमा सार्वजनिक गरेको विवरण अनुसार उनका बाबु पन्जाबी समुदायका सदस्य हुन्, आमा भने नेपालीमुलकी हुन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *