नेसपाका अध्यक्ष यादव भन्छन् – संविधान रक्षाका लागि माओवादीको अभियानमा हिंडें

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले संविधान रक्षाका लागि माओवादीको अभियानमा सँगै हिंडेको बताएका छन् ।सुनसरीबाट माओवादीको तराई–मधेश केन्द्रित ‘जनतासँग माओवादी’ अभियानमा जोडिएका यादवले माओवादी कमजोर भए संविधानको रक्षा हुन नसक्ने बताउँदै यो अभियानमा लागेको बताएका हुन् ।उनले माओवादी जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि वर्तमान सरकारबाट खतरामा रहेको बताउँदै त्यसलाई बचाउन लागेको बताए ।

माओवादी र मधेश आन्दोलनका कारण मधेशको आफ्नै भाषा, संस्कृति, समृद्धि र राजनीति रहेको उनको भनाइ छ । यसका साथै समानुपातिक, समावेशितालाई बचाउन पनि अभियान लागेको उनले बताए ।वर्तमान सरकारका कारण थारु, मधेशी, जनजाति र मुस्लिमले पाएको अधिकार गुम्ने खतरा भएकोले यो अभियानमा जोडिन अपिल पनि गरे ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *