सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

महाकाली नगरपालिका–५ किम्तडीमा सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।सुक्खा पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन्।यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए ।सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो। उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *