चर्चित गायक सोनु निगमको कन्सर्ट भोलि
चर्चित गायक सोनु निगम नेपालमा गुञ्जँदैछन् । साँझ ६ बजेबाट ’सोनु निगम लाइभ इन नेपाल’ सुरु हुदैछ । क्रिसमसका अवसरमा नेपालमा पहिलो पटक निगमले प्रस्तुति दिन लागेका हुन् । हायत चौरमा आयोजना हुने ’सोनु निगम लाइभ इन नेपाल’मा आयोजकले ९ देखि १० हजार दर्शक अपेक्षा गरेका छन् । आयोजक टिम नेपाल टच नेपालका अनुसार अहिलेसम्म ६ हजार बढीको टिकट बिक्री भइसकेको छ । निगमले नेपाली दर्शकबीच ३ घण्टाको सांगीतिक प्रस्तुति दिनेछन् । उनले नेपाली गीत पनि गाउने आयोजकले जनाएको छ । निगमलाई नेपाल ल्याउने तयारी सुरु भएको करिब ६ महिना भयो ।
Facebook Comment