सिरहामा प्रचण्डले भनेः मैले पहिलोपटक हतियार र बम विष्फोटको तालिम यहीँ लिएको हुँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालमा मधेसी जनताप्रति माओवादीको ‘लभ’ भएको बताएका छन् ।माओवादीले जनयुद्धका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको उनले स्मरण गरे । सिराहामा आयोजित एक सभामा भाषण गर्दै प्रचडले यहाँ आउँदा आफूलाई माइतीघरमा आएजस्तो लाग्ने पनि सुनाए ।

उनले भने, ‘तपाईंहरुसँग भेट्दा आफ्नै परिवारसँग भेटेजस्तो लाग्छ । यहाँ आउँदा म भावुक हुन्छु ।’ आफूहरु झापाबाट अभियान लिएर सिराहासम्म आउँदा जनतासँग एकाकार भएको प्रचण्डले बताए ।‘तपाईंहरुले कत्तिको ध्यान दिनुभएको छ, झापाबाट सिराहसम्म आउँदा हामी कुनै होटलमा बसेका छैनांै । जनताले खाएको भन्दा भिन्न केही खाएका छैनौं । जनताकै घरमा बसेका छौं । मिलेसम्म सहिद परिवारको घरमा बसेका छौं । सहिद परिवारसँग मिलेर बसेका छौं । जनताले जस्तो खान्छन्, जसरी बस्छन्, त्यसरी नै बसेका छौं,’ उनले भने ।आफूले पहिलोपटक हतियारको तालिम पनि सिराहा–धनुषामा नै लिएको प्रचण्डले बताए ।‘मैले पहिलोचोटि हतियारको तालिम र बम विष्फोटसँग तालिम लिएको पनि सिराहा–धनुषामै हो,’ उनले भने, ‘माओवादीले मधेसमा नै आफ्नो पहिलो प्रभाव र आन्दोलन लगेको हो ।

जनयुद्ध मार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको हो । त्यसैले माओवादीलाई अविश्वास नगर्नुस । माओवादी तपाईंहरुको मुक्तिका लागि समर्पित पार्टी हो ।’आफूलाई दोस्रो संविधानसभामा सिराहाले जिताएर पठाएको प्रचण्डले स्मरण गरे । आफू त्यसबेला विजयी नभएको भए नेपालमा संविधान नबन्ने उनको दावी थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *