संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइनः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले १० वर्षको अभ्यासका क्रममा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्ने जानकारी दिए । ‘हामी तत्कालै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको एउटा संयुक्त कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौं,’ उनले भने ।गृहमन्त्री लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताए । ‘संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौं,’ उनले भने, ‘संविधानमा समासामयिक रूपले परिमार्जन गर्नेछौं।’ गृहमन्त्री लेखकले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्नेमा प्रतिबद्ध रहेको बताए ।उनले संविधानको भावनाअनुसार दलितहरूका हक, अधिकारलाई सुनिश्चित गर्ने बताए ।
Facebook Comment