दुबईका लागि उडेको निगमको जहाज भैरहवामा बिग्रियो
काठमाडौंबाट १ सय ४९ यात्रु बोकेर दुबईका लागि बुधबार राति उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको छ ।यो जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी जहाज हो ।यसको बुधबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो ।
भैरहवामा यो विमान सवा ११ बजे राति अवतरण भएको थियो । त्यहाँबाट दुबई जाने यात्रु थपेर यस्ले दुबई उड्नुपर्ने तालिका थियो ।तर, जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पिड प्रोटेक्सन) देखिएपछि चालकदल र जहाजमा भएका इन्जिनियरले यो विमानलाई मर्मत गरेरमात्रै उडाउने भन्दै राति १ बजे ग्राउन्डेड गरेका थिए ।भैरहवामा निगमका २ जनामात्रै कर्मचारी भएकाले राति अध्यागमन कार्यालय, भैरहवा विमानस्थल कार्यालयका घर गइसकेका कर्मचारीलाई बोलाएर यात्रुहरुलाई होटल लैजाने नियम अनुसार बिहान ४ बजेसम्म त्यहाँका विभिन्न होटलमा लगिएको थियो ।निगम स्रोतका अनुसार काठमाडौंबाट उड्नुअघि यस्को फ्युल मिटर बदलेर करिब २ घन्टा ढिलो उडाइएको थियो । ‘निगमका कार्यकारी अध्यक्ष उपचारका लागि दिल्ली जानु भएको छ ।
यो इन सर्भिस समस्या भएकाले मर्मत सम्ब्नधी उहाँसँग कुराकानी भइरहेको छ,’ निगमका एक निर्देशकले भने, ‘अध्यक्षको निर्देशन अनुसार काठमाडौंबाट इन्जिनियर पठाएर मर्मत गराएर आजै बिग्रिएको जहाज दुबई पठाउने तयारी भइरहेको छ ।’
Facebook Comment