आजबाट विधिवत् रूपमा फागु सुरु

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरू हुने फागु पर्व आजदेखि प्रारम्भ भएको छ । काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रूपमा आज चीर उठाएपछि फागु सुरु भएको मानिन्छ ।बिहानको शुभ साइतमा बाजागाजा सहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चीर उठाइएको हो । चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टन लगायतले सहयोग गरेको थियो ।

यही फागुन २९ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व मनाइन्छ ।प्राचीन समयमा प्रह्लादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रह्लादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफैं जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ ।

अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागू पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *