हेमोफिलियाको बिरामीप्रति सरकारले ध्यान दिएन : प्रतिमा गौतम
नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हेमोफिलियाका बिरामीले असैह्य पीडा भोगिरहनु परेको बताएकी छन् ।प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै सांसद गौतमले हेमोफिलियाका विरामभीले निःशुल्क औषधि प्राप्त गर्न नसकेको सुनाइन् ।उनले भनिन्,‘राज्यद्वारा औषधिको व्यवस्था हुन नसक्दा बिरामीले असैह्य पिडा भोगिरहेका छन् भने, अर्कोतिर बिरामीको अपाङ्गता र मृत्युदर पनि बढीरहेको अवस्था छ ।’पछिल्लो २ महिनामा २ जना बिरामीको मृत्य भएको गौतमले सदनमा जानकारी गराइन् ।‘बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने औषधि नेपालमा किन्न पनि पाइँदैन । बाहिरबाट ल्याउनुपर्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा हेमोफिलियाको रोगीको संख्या ४,९३७ जना रहेका छन्,’ सदनमा जानकारी गराइन् ।हेमोफिलिया रोग लागेको बिरामीलाई शरीरको कुनै पनि भागमा रक्तस्राव हुँदा नरोकिने हुन्छ । अपाङ्गताभित्र हेमोफिलियालाई पनि एउटा वर्गमा समेटिएको छ । यो रोग लागेका बिरामीले नियमित प्रयोग गर्नुपर्ने औषधिलाई निःशुल्क प्राप्त हुने औषधिमा राखिएको छ ।
Facebook Comment