कांग्रेसले आजदेखि ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै

नेपाली कांग्रेसले आजदेखि ‘मिसन रोजगारु अभियान सुरु गर्ने भएको छ।दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन सुरु गर्न लागेका हुन्।

रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस हुने उनीहरुले भनाइ छ। रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो बहस गर्न लागिएको हो।एक वर्षसम्म सञ्चालन हुने यो अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक सुरु हुँदैछ।‘अब रोजगारका कुरा गरौं’ विषयमा गोलमेच छलफल सञ्चालन गरेर अभियानको सुरु गर्न लागिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *