आन्दोलन छोडेर घर जान शिक्षकलाई शिक्षा समिति सभापतिको सुझाव

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेका छन् ।विद्यालय शिक्षा विधेयक पास गर्न माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेका शिक्षकलाई सभापति थापाले शिक्षकले उठाएको भन्दा बढी माग पूरा हुने बताउँदै आन्दोलन नगरी घर फर्किन सुझाव दिए । शनिबार देशभरबाट आन्दोलनका लागि शिक्षक काठमाडौं आएका थिए ।

‘आन्दोलन नगरेर खुरुक्क घर गए हुन्छ । शिक्षकले उठाएको र सम्झौता गरेको भन्दा बढी माग पूरा हुन्छ । बरु आन्दोदन गरे गडबड हुन्छ’, सभापति थापाले अनलाइनखबरसित भने ।७ वटा प्रदेशबाट आएको प्रतिवेदन र विधेयमा परेको संशोधनलाई एकीकृत गरेर विधेयक पास गरिने उनले बताए ।‘सेवा सुविधाको लागि मात्र कुरा गरेर हुदैन । शिक्षकलाई जागरि खुवाएको विद्यार्थी सुधार गर्न हो नि । शिक्षकको पनि विद्यार्थीको पनि भविस्य बनाउने गरी ऐन बनाउने हो,’ सभापति थापाले भने । हाल शिक्षा विधेयक समितिमा दफावार छलफलको क्रममा छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *