कोसी प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (फागुन २७) कोसी प्रदेशसभा बैठकमा सम्बोधन गर्दै छन् । बैठकमा दिउँसो २ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भई मंगलबार दिउँसो सुन्दरहरैँचाबाट विराटनगर आउनेछन् । कोसी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले प्रधानमन्त्रीको सम्बोधनका निम्ति सबै तयारी पूरा भइसकेको बताए ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने विषयमा औपचारिक जानकारी नभएको भन्दै विपक्षी दलले भने बैठकमा सहभागी हुने÷नहुने भन्ने थप छलफलपछि तय हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) कोसी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बैठकमा सहभागिताका विषयमा विपक्षी दलहरू छलफलमा रहेको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *