क्रान्ति पूरा गर्ने अवसर आयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् ।पार्टीको सहायक संगठन वाईसीएल नेपालको बैठक उदघाटन गर्दै उनले अझ बढी संगठित र सशक्त भएर प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्नुपर्ने धारणा राखेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै प्रचण्डले जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक नहुने उल्लेख गरे । त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित हुन युवाहरुलाई आह्वान गरे ।अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले यसलाई क्रान्तिकारीहरुले क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभयो ।आफ्नो पार्टीले २०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारी बीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप संघर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरेको स्मरण गराउँदै उनले अहिले त्यही संघर्षको विन्दु सुरु भएको बताए ।गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उनले बताए ।

वर्ग संघर्षको विशिष्ट मोडमा नेपाल रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै खाले प्रतिक्रान्तिकारी हर्कतलाई परास्त गर्ने, संविधानलाई अझै परिमार्जन गर्ने र जनताका अधिकारलाई पूर्णता दिने आजको प्रमुख आवश्यकता भएको बताए ।प्रतिक्रियावादी शक्तिहरुसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम पर्न गएको र परिवर्तनका एजेण्डा भनेजस्तो गरी कार्यान्वयन हुन नसकेको ठहरसहित




Leave a Reply

Your email address will not be published. Required fields are marked *