‘मन्त्रीहरू नै गायब भएको राजावादीको जनलहरको एक धक्काले हो?’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले मन्त्रीहरूलाई जिम्मेवार बन्न सुझाव दिएकी छन्।बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद लामाले आफ्नो जिम्मेवारी सम्झाउँदै राजसंस्था पक्षधरको जनलहरको धक्काले गायब भएको हो कि भन्दै व्यङ्ग्य समेत गरिन्।

‘राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको। आउनुभयो, उहाँहरूलाई स्वागत छ र जिम्मेवार बन्न पनि सुझाव दिन चाहन्छु।’प्रतिनिधि सभाको आजको पहिलो बैठक सरकारका प्रतिनिधिको रुपमा एउटा पनि मन्त्री उपस्थित नभएपछि माओवादीको आग्रहमा सभामुखले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *