काङ्ग्रेस नेताले सार्वजनिक जग्गा हडपेको सुमनाको आरोपपछि संसद्‌मा लफडा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सुमना श्रेष्ठले काङ्ग्रेसका नेताले सत्ताको दुरुपयोग गर्दै सार्वजनिक जग्गा हडपेको आरोप लगाएपछि संसद्मा लफडा भएको छ ।

उनको भनाइलाई लिएर काङ्ग्रेस सांसद राजेन्द्र केसीले आपत्ति जनाएपछि रास्वपा सांसद सुमना र काङ्ग्रेस सांसद राजेन्द्रबीच भनाभन भएको हो ।सुमनाले संसद्मा भनेकी थिइन्, ‘काठमाडौं–६ मा तारकेश्वर वडा ९ को लोकतान्त्रिक चोकको नेपाल सरकारको जग्गा काङ्ग्रेसका नेताले भोगचलन गर्दै आएको र स्थानीयले उजुरी गर्दा पनि सुनुवाइ नभएकोमा ध्यानाकर्षण गराउँदछु ।’यस लगत्तै काङ्ग्रेस सांसद केसीले आपत्ति जनाएका थिए । सदनमा भनाभन भएपछि सभामुख देवराज घिमिरेले संसद्मा तथ्यपरक विचार राख्न ध्यानाकर्षण गराए ।

‘मान्य सदस्यहरूले आफ्नो समयमा आफूले राखेका कुराहरू प्रमाणित हुने गरी राख्नुभएको हामीले बुझेका छौँ । यस्ता कुरा लाञ्छना हो वा झुटो हो । यहाँ वादविवाद गरेर जाने होइन प्रक्रियागत हिसाबले लाग्नुपर्छ । आफू उत्तरदायी भएर बोल्नुहुनेछ भन्ने हाम्रो बुझाइ छ,’ उनले भने ।पार्टी र व्यक्तिलाई लाञ्छना लगाउने भन्दा पनि किटान नै गरेर भनाइ राख्ने पनि उनले सांसदहरूको ध्यानाकर्षण गराएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *