सिड्नीमा नेपालीको ‘होली हंगामा’

अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिल पार्कमा नेपाली समुदायबाट होली हंगामा आयोजना गरिएको छ । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले आयोजना गरेको होली कार्यक्रममा सयौँ नेपाली सहभागी भई एकापसमा रङ लगाएर शुभकामना आदानप्रदान गरे ।होली कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली कलाकारको प्रस्तुतिसहित नेपाली खाना र तराई, मधेस झल्कने विशेष प्रस्तुति समेटिएको थियो ।

स्थानीय ग्रानभिल क्षेत्रकी सांसद जुलिया फिनले होली कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । उनले बहुसांस्कृतिक समाजको सुन्दरता भनेको सबै धर्म, जात र कला–संस्कृतिको सम्मान गर्नु रहेको बताइन् । रङको पर्व होलीले अस्ट्रेलियामा समेत चर्चा पाइसकेको उनले उल्लेख गरिन् ।कार्यक्रममा एनआरएन ओसेनियाका उपसंयोजक अरुण ठाकुरले विदेशमा बस्दा पनि होलीको महत्त्व बिर्सन नहुनेमा जोड दिए । होलीले नेपालीबीच आपसी सद्भाव र अपनत्व काय राख्न थप मद्दत पुग्ने उनले बताए ।एन्टाका अध्यक्ष रन्जीत शाहले विदेशमा रहे पनि आफ्नो कला–संस्कृति बिर्सन नहुने बताए । नेपाली कला–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसाथ एन्टाले होली कार्यक्रम आयोजना गर्दै आएको उनले सुनाए ।कार्यक्रममा गायक सुदिन पोखरेलको गीतले युवावर्गमा निकै रङ ल्याएको थियो ।

यस्तै, निर्देशक सोभित बस्नेतले बन्दै गरेको नयाँ चलचित्र ‘पीआर’को चर्चा गर्दै यसका कलाकारलाई स्टेजमा उतारेका थिए ।होली हंगामामा आरीफ रौफ, सुशान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिसा गौतमलगायत कलाकारको विशेष प्रस्तुति थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *