विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत, स्ववियु निर्वाचन प्रक्रिया अघि बढ्ने

त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ । निर्वाचन समितिका पदाधिकारी र नेविसंघ प्रतिनिधिबीचको छलफलमा ताला खोल्ने सहमति भएको हो ।

स्ववियु निर्वाचनका लागि नेविसंघका दिपकराज जोशी र अनोज कार्कीको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले जोशीलाई आधिकारिकता दिँदै कार्कीको उम्मेदवारी खारेज गरिदिएपछि असन्तुष्ट पक्षले प्रिन्सिपलको कार्यालयमा ताला लगाएको थियो । तालाबन्दीका कारण चैत ५ गते विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन ।निर्वाचन गराउने सन्दर्भमा आज निर्वाचन समितिका पदाधिकारीहरुले नेविसंघका नेता विष्णु बडैला, डण्डीराज जोशी, अशोक सिंह विष्ट लगायतसँग गरेको छलफलमा ताला खोल्ने सहमति भएको निर्वाचन समितिका एक सदस्यले बताए ।

नेविसंघका नेता श्यामराज ओझाले पनि आफूहरु ताला खोल्न सहमत भएको बताए ।विश्वविद्यालय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन गराउने मिति तोकिएको छ ।

हेर्नुहोस् सहमति पत्र–




Leave a Reply

Your email address will not be published. Required fields are marked *