नौ महिना अन्तरिक्षमा बिताएपछि अन्ततः पृथ्वीमा फर्किएका छन्

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि अन्ततः पृथ्वीमा फर्किएका छन्।नेपाली समयअनुसार बिहान ३ बजेर ४३ मिनेटमा चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरेको हो ।

बीबीसीका अनुसार अन्तरिक्ष यानबाट बाहिर निस्किंदा उनीहरूको अनुहारमा मुस्कान थियो। पृथ्वीमा पुग्न उनीहरूलाई १७ घण्टा लाग्यो।यानले पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा पुनः प्रवेश ग¥यो, जसपछि चार वटा प्यारासुट खुले र तिनीहरूलाई फ्लोरिडाको तटमा सुरक्षित रूपमा अवतरण गराइयो ।नासाको वाणिज्य क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले क्रू सदस्यहरूलाई स्वागत र प्रशंसा गरे ।

सुनिता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को यात्रा गरेका थिए।त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्किनु पर्ने थियो, तर यानमा खराबी आएपछि उनीहरूको यात्रा ९ महिनासम्म रोकिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *