पीएचडी गरेको सांसद हुँ, तर स्वास्थ्य बीमाबारे थाहा छैन : सिंह

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई स्वास्थ्य बीमाबारे केही पनि थाहा नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले गाउँ–गाउँमा स्वास्थ्य बीमाको चेतना नभएको भन्दै राज्यले विभेद गरिरहेको आरोप लगाए ।‘मेरो गाउँको चमार, मुसरिया, पहाडका चेपाङ जो कमजोर तप्काको छ । जो सहर पस्न सकेको छैन । उसको छोराछोरीले पढ्न पाएको छैन,’ सांसद साहले भने, ‘उसले स्वास्थ्य बीमाको लाभ कहिले पाउँछ ? यसको कुनै चेतना छैन । म एउटा पीएचडी गरेको सांसद हुँ, मलाई त थाहा छैन, स्वास्थ्य बीमा के हो ? भनेर । म सिधा कुरा बताउँछु ।’उनले स्वास्थ्य बीमाबारे गाउँका कमजोर समुदायलाई केही थाहा नभएको जिकिर गर्दै सीमित वर्गमा मात्रै लाभ पु¥याउनेगरी राज्य लागेको आरोप लगाए ।

‘गाउँलेहरूलाई त्यो छैन । सीमित वर्गमा मात्रै राज्यले लाभ पु¥याउने कोसिस ग¥यो भने त्यो टिक्दैन,’ उनले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *