किन अभद्र भाषामा गाली गर्दैछ एलन मस्कको ग्रोक एआई ?
अर्बपति एलन मस्कको कम्पनी एक्स एआईले निर्माण गरेको ग्रोक आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट अहिले निकै चर्चामा छ ।योपटक ग्रोक चर्चामा आउनुको कारण चाहिं उसले अभिव्यक्त गरेका अपशब्दहरू हुन् । प्रयोगकर्ताहरुका प्रश्नको जवाफमा ग्रोक एआईले अभद्र भाषाको प्रयोग गरेको सार्वजनिक भएको छ । त्यस्ता अनुचित शब्दहरू बोलिसकेपछि त्यस विषयमा सतर्क गराउँदा ग्रोकले उल्टै माफी माग्नुको साटो आफूले हल्का मस्ती गरिरहेको भन्ने जवाफ दिएपछि मानिसहरु झनै अचम्मित भए ।अहिले एआई प्लाटफर्मको क्षेत्रमा च्याट जिपिटी, जेमिनी, डीपसीप आर वान तथा ग्रोक एआई जस्ता अनेकन खेलाडीहरू छन्। अन्य च्याटबटले प्रयोगकर्तासँगको कुराकानीमा त्यस्ता अभद्र शब्दहरूको प्रयोग गरेको पाइएको छैन ।
गुगलको जेमिनी तथा ओपन एआईको च्याट जिपिटीले त अशोभनीय शब्दहरू रोक्नका लागि फिल्टर्सको प्रयोग गरेका छन् । जबकि ग्रोकले भने अरुभन्दा उन्नत देखाउनका लागि त्यस्ता फिल्टर्स राखेको छैन ।ग्रोक निर्माता एक्स एआईका अनुसार ग्रोकले विभिन्न भाषा सपोर्ट गर्दछ र ती भाषाहरूमै जवाफ दिनसक्छ । प्रयोगकर्ताको भाषा बुझेर त्यस्तै भाषाशैलीमा जवाफ दिने विशेषता ग्रोकको छ । त्यसैले प्रश्नकर्ताको शैलीलाई पछ्याउँदै ग्रोकले त्यस्ता प्रश्नको जवाफमा अशोभनीय शब्दसमेत प्रयोग गर्न सक्दछ ।
ग्रो के हो ? कुन मोडेलमा काम गर्दछ ?
एक्स एआईले विकास गरेको च्याटबट ग्रोक एक एन्डभान्स्ड कन्भर्सेसनल एआई असिस्टेन्ट पावर्ड मोडलमा काम गर्दछ । यो मोडल लार्ज ल्यांग्वेज मोडेल आर्टिटेक्चरमा आधारित हुन्छ । सन् २०२३ मा या मोडल लन्च भएको थियो । डग्लस एडम्सको द हिचहाइकर गाइड टू द ग्यालेक्सी मा आधारित रहेर यो मोडल तयार गरिएको एक्स एआईको दाबी छ ।एक ब्लग पोस्टमा एक्स एआई कम्पनीले लेखेको छ – ग्रोक एउटा एआई हो जसलाई हिचहाइकर गाइड टू द ग्यालेक्सीको आधारमा बनाइएको छ । त्यसैले यसको उद्देश्य करिब सबैजसो प्रश्नको जवाफ दिनु हो ।वास्तवमा ग्रोकलाई इन्टेलिजेन्सको साथै प्रश्नहरुको जवाफ दिनका लागि डिजाइन गरिएको हो र यसमा आक्रामक शैली पनि सामेल छ । त्यसैले के सल्लाह दिइन्छ भने यदि तपाईंलाई हँसीमजाक मन पर्दैन भने ग्रोकको प्रयोग नगर्नुहोस् ।
एक्स एआईले पहिलोपटक ग्रोकको सुरुवाती भर्सन ग्रोक १ ल्याएको थियो । जसमा ३१४ अर्ब विज्ञका मापदण्ड सामेल गरिएको थियो । यसको पछिल्लो संस्करण ग्रोक ३ चाहिं गत फेब्रुअरीमा लन्च भएको छ । यो आफ्नो पुरानो संस्करणको तुलनामा १० गुणा धेरै तालिम पाउने प्लाटफर्म भएको बताइएको छ । यसलाई यस्तो प्रकारले डिजाइन गरिएको थियो ताकि यसले भानिसले जस्तै भाषाको प्रयोग गर्न सकोस् र तार्किक उत्तर दिन र समस्या समाधान गर्न सकोस् ।यो मोडेललाई कानूनी फाइलिंग सहित विशाल डेटासेटमा प्रशिक्षित गरिएको छ, जसमा एक्सएआईको मेम्फिस सुपर कम्प्युटरको प्रयोग गरिएको छ । उक्त सुपर कम्प्युटरमा करिब २ लाख जिपियु छन् । जसका कारण यो सबैभन्दा ठूलो एआई प्रशिक्षण क्लटरममध्येमा पर्न सफल भएको छ ।वास्तवमा ग्रोक एआईलाई सेन्सर नगरिकनै इन्टरनेट डेटाबाट प्रशिक्षित गरिएको छ । त्यसैले यस्तो अवस्थामा कहिलेकाहीँ यो च्याटबटले अभद्र भाषाको पनि प्रयोग गर्ने सम्भावना हुन्छ । तर, यदि एलन मस्कको ग्रोक एआईले निकै नै आपत्तिजनक भाषा प्रयोग गर्ने कामलाई निरन्तरता दियो भने भविष्यमा यसले माइक्रोसफ्टको टे च्याटबटले जस्तै नियति भोग्नुपर्नेछ । सोही समस्याका कारण टे बन्द भएको थियो ।
Facebook Comment