मनिष झालाई ओलीको प्रतिप्रश्न- देशको आर्थिक अवस्था जटिल ठाउँमा यो आठ महिनामा पुगेको हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सांसद मनिष झालाई तथ्यमा आधारित भएर प्रश्न सोध्न आग्रह गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा झाले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्न प्रश्नकोरूपमा आए जवाफ दिन सजिलो हुने तर आरोपको रूपमा आएपछि खण्डन गर्ने बाध्यता आइलागेको बताए ।

सांसद झाले प्रधानमन्त्रीले नियुक्त गरेका कर्मचारीको असक्षमताले सरकार फेल भएको जिकिर गरेका थिए ।झाको प्रश्न थियो ‘तपाईँले नियुक्त गरेका कर्मचारीको असक्षमताका कारण सरकार फेल भएको तथ्य स्वीकार्नु हुन्छ ? तिनीहरूलाई कहिलेसम्म कारवाही गर्नुहुन्छ ।’उनले आफूले आफ्नो भनेको र नातागोताका मान्छे कतै नियुक्त नगरिएको दाबी गर्दै सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्ने बताए ।सरकारले मेरिटोक्रेसीका आधारमा कर्मचारीहरू नियुक्त गर्ने भन्दै आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही नभएको जवाफ दिए ।उनले झालाई प्रतिप्रश्न गर्दै भने, ‘मुलुक चलाउनको लागि शक्तिशाली भनिएका देशले पनि ऋण लिन्छन्, हामीले पनि लिन्छौं । देशको स्थिति हामीले बुझेका छौं ।

गरिबीमा छ देश, आज यो दुईटा ठूला पार्टीको दुई तिहाइको सरकार बनेपछि यो आठ महिनामा देशको आर्थिक अवस्था जटिल ठाउँमा पुगेको हो ?’




Leave a Reply

Your email address will not be published. Required fields are marked *