एक वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्‍याउने सरकारको लक्ष्य

सरकारले अबको एक वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य राखेको छ । राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले सरकारको लक्ष्यबारे जानकारी दिएका हुन् ।मन्त्री यादवलाई सांसद भुवनबहादुर सुनारले हाल १९ प्रतिशत नागरिकसम्म मात्रै गुणस्तरीय पानीको पहुँच रहेको भन्दै यसमा सुधार गर्ने योजना के छ भनेर सोधेका थिए ।

शतप्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी कहिलेसम्म उपलब्ध गराउने सकिन्छ भनेर उनले प्रश्न गरेका थिए ।जवाफमा मन्त्री यादवले २७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुगेको तथ्याङ्क रहेको बताए । यसमा वृद्धि भएको तथ्यांक अद्यावधिक हुन बाँकी रहेको भन्दै उनले थप रफ्तारमा काम गर्ने सरकारको योजना रहेको सुनाए ।‘एक वर्ष भित्रमा ५७ प्रतिशतमा स्वच्छ पानी पु¥याउनका निमित्त प्लान बनाएर अगाडि बढेका छौं’ उनले भने । यो लक्ष्य जटिल रहेको तर, काम अगाडि बढेको उनले बताए ।नेपालमा ४२ हजार खानेपानी उपभोक्ता समिति रहेको उल्लेख गर्दै उनले उपभोक्ता समिति र दातृ निकायको सहयोग समेत लिएर लक्ष्य पुरा गरिने बताए ।त्यसका लागि तीन तहका सरकारबीच समन्वय गरेर काम गरिने उनले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *