म्याग्दीमा टिपर दुर्घटना, २ जनाको मृत्यु

 

म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । निर्माणाधीन ४२ मेगावाट क्षमताको राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीयको निधन भएको हो । मृत्यु हुनेमा भारतका ३३ वर्षका दशरथ यादव र सह चालक ४० वर्षका शत्रुधन रजक छन् । पिप्लेमा रहेको हाइड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय टिपर दुर्घटना भएको म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *