शंकास्पद प्रमाण नभेटिएको भन्दै बन्द भयो सुशान्त सिंह राजपूतको केस

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको घटनासम्बन्धी अनुसन्धानमा सिबिआईले अदालतमा क्लोजर रिपोर्ट दर्ता गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार ४ वर्ष ६ महिनामा सिबिआईले क्लोजर रिपोर्ट निकालेको हो। उक्त रिपोर्टमा आत्महत्याको लागि सुशान्तलाई उकास्ने कुनै प्रमाण नभएको उल्लेख छ। यसअघि एम्सको टिमले पनि आफ्नो रिपोर्टमा यही निष्कर्ष निकालेको थियो।सुशान्त सिंह राजपूत १४ जून २०२० मा बान्द्रामा आफ्नो घरमा मृत फेला परेका थिए। यस मामिला रिया चक्रवर्ती २७ दिन जेलमा बसेकी थिइन्।

सिबिआईको क्लोजर रिपोर्टमा के भनिएको छ?
सिबिआईले आफ्नो रिपोर्टमा सुशान्त सिंह राजपूतको मृत्यु आत्महत्या नै भएको उल्लेख गरेको छ। अनुसन्धानको क्रममा उनी कसैबाट दबाबमा नरहेको पुष्टि गरिएको छ। सिबिआईले यस घटनामा षड्यन्त्रको कुनै संकेत नभएको र सुशान्तको सामाजिक सञ्जाल च्याटहरूमा पनि कुनै छेडछाड नभएको निष्कर्ष निकालेको छ।

के हो क्लोजर रिपोर्ट?

जब कुनै अनुसन्धान निकाय (पुलिस वा सिबिआई) ले कुनै मुद्दाको अनुसन्धान पूरा गर्छ र अनुसन्धान गर्नका लागि पर्याप्त प्रमाणहरू फेला नपरेको ठहर गर्छ, त्यसपछि अदालतसमक्ष पेश गरिने प्रतिवेदनलाई ’क्लोजर रिपोर्ट’ भनिन्छ।भारतीय दण्ड प्रक्रिया संहिता (सीआरपीसी) को दफा १६९ अन्तर्गत यस्तो रिपोर्टको व्यवस्था गरिएको छ। यस रिपोर्टमा अनुसन्धान अधिकारीहरूले प्रमाण र सोधपुछका आधारमा प्राप्त निष्कर्षहरू प्रस्तुत गर्छन् र घटनाको पछाडिको कारण उल्लेख गर्छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *