स्ववियु निर्वाचनको माग गर्दै क्रान्तिकारीका खत्रीले थाले पाटन क्याम्पसमा रिले अनसन

ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचनको सुनिश्चितताको माग गर्दै अखिल क्रान्तिकारी रिले अनसनमा बसेको छ । पाटन क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएपछि अखिल क्रान्तिकारीले रिले अनसन सुरु गरेको हो ।अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष एबं स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्री सोमबारदेखि रिले अनसनमा बसेका हुन् ।

निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचन गर्न,शान्ति सुरक्षा कायम गर्न र तत्काल स्ववियु निर्वाचनको मिति सार्वजनिक गर्न तीन बुँदे माग राख्दै उनले अनसन सुरु गरेको हो । खत्री अखिल क्रान्तिकारीको दीपक राना मगरको प्यानलबाट सचिव पदका उम्मेदवार हुन् ।चैत ५ गते पाटन क्याम्पसमा भर्ना भएको सबै विद्यार्थीको नाम भोटर लिस्टमा नभएको देखिएपछि विवाद चर्किएको थियो । भोटर लिस्टको नाम र भोटर कार्ड पनि फरक फरक भेटिएको र भोटर कार्डमा वास्तविक विद्यार्थीको फोटो नभएर अरू मान्छेको फोटो रहेको पनि भेटिएपछि विवाद भएको थियो ।

फर्जी भोटरहरु खारेज हुनुपर्ने मागसहित अखिल क्रान्तिकारी र अखिलले माग गरेका थिए । चुनावको दिन यही विषयहरूमा विवाद चर्किदा सत्ता पक्षिय अखिल र नेविसंघबीच कुटाकुटै भएको थियो । चुनाव यथासिघ्र गराउनुपर्ने क्रान्तिकारीको माग छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *