कुलमान बर्खास्तको निर्णयविरूद्ध विपक्षीले संसद्मा कडा प्रतिवाद गर्ने
विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गर्ने सरकारको निर्णयको कडा प्रतिवाद गर्ने भएका छन् ।
सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय गरेका हुन् ।सरकारले दम्भ देखाउँदै बर्खास्त गरेकाले संसदमा कडा प्रतिवाद गर्ने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सन्तोष परियारले जानकारी दिए ।‘सरकारका पछिल्ला गतिविधि र निर्णयहरूको बारेमा छलफल भएको छ । सरकारले संख्याको दम्भ देखाउँदै कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । विधि विधान बाहिर अनुशासन बाहिर गएर शक्ति प्रयोग गरेर सरकारले गरेको यो यस्ता अरू गतिविधिहरुविरुद्ध सदनमा आवाज उठाउने निर्णय भएको छ,’ उनले भने ।
विपक्षी दलहरूले सरकारका गलत क्रियाकलापविरूद्ध सडक र सदन दुबैमा सशक्त प्रतिवाद गर्ने निर्णय लिएको उनले जानकारी दिए ।
Facebook Comment