प्रधानमन्त्री ओलीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।

आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो ।

भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *