नेप्से २६२८.२६ विन्दुमा, चार अर्ब २७ करोडको सेयर कारोबार

 धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ । चार अर्ब २७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यस दिन ८१ कम्पनीको सेयर मूल्य बढेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी दुई कम्पनीको सेयर मूल्य तीन हजारभन्दा बढी छ ।

कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।कारोबारमा आएका १३ मध्ये फाइनान्स, माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

फाइनान्स समूहको परिसूचक १.०७, माइक्रोफाइनान्स समूहको ०.०९ र व्यापार समूहको ०.५० प्रतिशतले बढेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *